Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • डब्ल्यूएचओले खुलायाे काेराेना बारे यस्ताे तथ्य!

    डब्ल्यूएचओले खुलायाे काेराेना बारे यस्ताे तथ्य!

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 4.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडाै। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस कृत्रिम नभएको अथवा प्रयोगशालामा नबनाइएको दाबी गरेको छ । यसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै विस्तार गरिएको भन्‍ने तर्कहरुमा कुनै सत्यता नरहेको डब्लूएचओको दाबी छ ।

    यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावरमा भएको र त्यसपछि मानिसमा सरेको डब्लूएचओले दाबी गरेको हो ।



    विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता फडेला चैबले जनावरबाट मानिसमा कोरोना सङ्क्रमण सरेको भए पनि अहिलेसम्म कसरी सरेको हो भन्ने बारेमा स्पष्ट हुन नसकेको बताएका छन् । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहानको एउटा प्रयोगशालामा बनेको दाबी गरेका थिए ।



    चार महिनाअघि वुहानमा पहिलो पटक कोरोनाको सङ्क्रमण भेटिएको थियो । तर कोरोना भाइरस प्रयोगशालामा बनाइएको भन्ने कुराको आधार कतै पनि नभएको प्रवक्ता चैबको भनाइ छ । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार