Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • काेराेनाकाे कहर: विश्वभर एकैदिन ७ हजार बढीले गुमाए ज्यान

    काेराेनाकाे कहर: विश्वभर एकैदिन ७ हजार बढीले गुमाए ज्यान

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ हजारभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणले ७ हजार २२ जनाको ज्यान गएको छ ।

    ७ हजार २२ जनामा सबैभन्दा धेरै अमेरिकी नागरिक छन् । अमेरिकामा मात्रै २ हजार ७८२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा ८२८, इटलीमा ५३४, फ्रान्समा ५३१, स्पेनमा ४३० तथा जर्मनीमा २२४ को ज्यान गएको छ । अहिलेसम्म विश्वभर कोरोनाका कारण १ लाख ७७ हजार ४१९ जनाको ज्यान गइसकेको छ भने साढे २५ लाख भन्दा धेरै संक्रमित रहेका छन् ।



    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार