Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आजको मौसम: असिनासहित वर्षाको सम्भावना

    आजको मौसम: असिनासहित वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको छ ।



    काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा दुई दिनयता बढी वर्षा भइरहेको छ । उपत्यकालगायत पहाडी भेगमा हिजो असिना वर्षा भएको छ । उपत्यकाको तापक्रम केही घटेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार