एजेन्सी । लियोनल मेसी हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट व्यवसायिक फुटबल खेलिरहेका छन्। पिएजसीमा मेसीसँगै युवा फरवार्ड किलियन एमबाप्पे, नेयमार जुनियरजस्ता स्टार खेलाडीहरु छन्।
यसैकारण पिएसजीलाई च्याम्पियन्स लिगको उपाधि दाबेदारका रुपमा हेरिएको छ। स्पेनिस मिडिया मार्काले पिएसजीका स्टार मेसीलाई पिएजसीले च्याम्पियन्स लिग जित्छ भनेर प्रश्न गरेको छ। जवाफमा मेसीले सबैले जित्छ भनेको र आफूले त्यस्तालाई अस्वीकार नगर्ने बताएका छन्।
‘सबैले च्याम्पियन्स लिग पिएसजीले नै जित्छ भन्छन्। म यो कुरालाई अस्वीकार गर्दिन। हामी नामले नै उपाधि दाबेदार हौँ। तर हामीले अझै पनि धेरै कुरा सुधार गर्नुछ,’ उनले भने।
पत्रकारले उनलाई च्याम्पियन्स लिगको उपाधि दाबेदार टोली कुन–कुन हुन् भनेर प्रश्न गर्छन्। त्यसपछि मेसी भन्छन्, ‘अहिले लिभरपुलले धेरै राम्रो गरिरहेको छ। उनीहरु फेरि उपाधि जित्ने बाटोमा छन्।
उनी अघि भन्छन्, ‘त्यसपछि म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, रियल मड्रिड, एथ्लेटिको मड्रिड‘। च्याम्पियन बन्न धेरै क्लबहरु प्रतिस्पर्धा गर्न तयार छन्।’
Leave a Reply