Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • एमाले महाधिवेशनको उद्घाटनमा ७२ जनाभन्दा बढी कलाकारले लोकबाजा बजाउने

    एमाले महाधिवेशनको उद्घाटनमा ७२ जनाभन्दा बढी कलाकारले लोकबाजा बजाउने

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.4K
    SHARES

    चितवन । नारायणी नदी किनारमा नेपाली लोकबाजाहरूको आर्केष्टा गुञ्जिने भएको छ । आगामी मङ्सिर १० गते शुक्रबार नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोहमा लोकबाजाहरूको आर्केष्टा गुञ्जयमान हुने भएको हो ।

    राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा प्रस्तुत गरिने बृहत् सांस्कृतिक कार्यक्रममा नेपालमै पहिलो पटक नेपाली परम्परागत लोकबाजाहरूको आर्केष्टा प्रस्तुत गरिन लागिएको हो ।





    लोकप्रिय संगीतकार तथा संगीत संयोजक प्राज्ञ अशोककुमार राईको संगीत संयोजन तथा निर्देशनमा प्रस्तुत गरिने लोकबाजाहरूको आर्केष्टामा एकै पटक ७२ जनाभन्दा बढी कलाकारले लोकबाजा बजाउने छन् ।

    लोकबाजा आर्केष्टामा मादल, च्याब्रुब, ढोल, खैँजडी, धिमे, डम्फु, दमाहा, ट्याम्कुली, खिं, ढोलक, ढ्याङ्ग्रो, झ्याम्टा, घण्टी, ढोलक, शंख र टिन्छु समावेश गरिने छ ।
    यसैगरी सारब्गी, टुब्ना, बाँसुरी, सनाई, गिटार अकिष्टिक, एकर्डियन, नरसिङ्गा, मेन्डोलियन, बेश गिटार, मुर्चुङ्गा, बिनायो लगायतका बाजा समेटिने छन् ।

    सारङ्गी वादनमा भरत नेपाली, सन्तोष पाठक, कर्ण गन्धर्व, सन्जोग मल्ल, किम राई, रोशिक जल्धारी, रामु एस.के. ,दीपेश नेपाली, किरण महर्जन, अर्जुन वि.क., हरिशरण नेपाली, रुबेन गन्धर्व रहनेछन् भने ताल बाजा वादनतर्फ भरत बुढाथोकी, नरेश प्रजापति, पोषण घर्ती, खड्ग बुढामगर, सुजन गोपाली, अनिल थापा, रोशन महर्जन, प्रविन महर्जन, प्रवेश महर्जन, मछिन्द्र बुढामगर, दीपेश राई, दिवस लिम्बू, भूमराज राई र सन्दिप राईको प्रस्तुति रहनेछ ।

    टुब्ना समूहमा छेवाब तेन्जिब लामा, मिब्मार लामा, दावा वाङ्गेल लामा, विवेक तामाब, केलसाब दोर्जे, पेमा लामा, प्रभात लामा रहनेछन् भने गिटारमा देव राई, लोकराज राई, दिवश श्रेष्ठ,क्षितिज कुलुब, अजय लामा र आयुश अधिकारी रहनेछन् ।

    यसैगरी बाँसुरी तथा सनाईमा गोपालदेव घतानी, धनबहादुर गुरुब, एकडियनतर्फ शिलाबहादुर मोक्तान, मुर्चुङ्गामा हिरन राई रमेन्डोलियनमा डम्बर पहाडीको प्रस्तुति रहनेछ । कोरस गायनमा सञ्जय सुब्बा, रुपक चौधरी, साजन राई, इन्द्र गुरुब, आकाश थापा, निशा लिम्बू, रनु थापा, दुर्गा परियार, जसराज राई, जंग पहाडी, योजन लामा, गंगा राई, मुन्ना गुरुब, किरण थापा, रोजी श्रेष्ठ र जितेन्द्र चौधरी सहभागी हुनेछन् ।

    महाधिवेशन उद्घाटन समारोहमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय गान, अन्तर्राष्ट्रिय गीत (उठ जाग भोका नाब्गा) र सोलिडारिटी गीत (हामी जित्ने छौँ) प्रस्तुत हुनेछन् भने साँझ सांस्कृतिक कार्यक्रममा पालम, साकेला, मैथिली, नेवारी, भोटे, तामाब , शेर्पा, कौरा, हुर्दब्या थारु, सोरठी, देउडा, पन्चेबाजाका साथै सारङ्गीलगायतका लोकबाजका मौलिक धुन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

    सांगीतिक कार्यक्रमका संयोजक तथा निर्देशक प्राज्ञ राईले लोकबाजाहरूको आर्केष्टासहितको साब्गीतिक प्रस्तुति साँच्चिकै ऐतिहासिक र भव्य हुने बताए । उनले भने– ‘विश्वकै ध्यान केन्द्रित हुने यस्तो विशेष ऐतिहासिक समारोहको विशाल मञ्चमा यस किसिमको कार्यक्रम प्रस्तुत गर्न पाउनु कलाकारको निम्ति जिन्दगीकै गर्विलो क्षण हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार