काठमाडौं । पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरुको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमको मुद्दाको पेसी चढाइएको छ ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गर्दै ५९२ मुद्दाको पेसी चढाएका हुन्।
सोमबार गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएसंगै मंगलबार सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो ।
यसअघि सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरु समेत इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए । यद्यपि बारले भने जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ ।
Leave a Reply