Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • चोलेन्द्रविरुद्ध बिहीबार सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारको घोषणा

    चोलेन्द्रविरुद्ध बिहीबार सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ७ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजिनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले पर्सि (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘मार्चपास’ गर्ने भएको छ।

    मंगलबार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराविरुद्धको विरोध प्रदर्शनपछि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ९ गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारी दिए ।



    अध्यक्ष श्रेष्ठका अनुसार बारको मार्चपासमा बारलगायत विभिन्न पेसागत संगठन साथै सर्वसाधारणको पनि सहभागिता रहने छ । नागरिक समाजका सदस्यसहित ९ गते २ बजे बालुवाटारसम्म मार्च पास गरिनेछ,’ अध्यक्ष श्रेष्ठले भने, ‘जनताका लागि न्याय चाहिएकाले जनता उठ्नुपर्ने भएको छ,’ ।



    यस्तै, बारले भोलि देशभरका १८ वटा उच्च अदालतमा पनि विरोध सभा गर्न लागेको अध्यक्ष श्रेष्ठले बताए। यसैगरी बारले अदालतमा जारी विवादबारे शान्ति र लोकतन्त्रका लागि पेसागत संगठन सञ्जाल(पापड)सँगको छलफलमा प्रधानन्यायाधीश जबरा लुकेर सर्वोच्च आइरहेकाले त्यसलाई रोक्न मार्च गर्नुपर्ने बताएको उनको भनाइ छ ,

    बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि यसअघि नै दलहरूलाई धारणापत्र बुझाइसकेको छ । बारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनका लागि यसअघि नै दलहरूलाई धारणापत्र बुझाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार