काठमाडौँ । अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएकी छिन् ।
मंगलबार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाल बार एसोसिएसनको कोणसभालाई सम्बोधन गर्दै अन्सारीले भ्रष्टाचारको आरोप लाग्दा पनि पदमा बसिरहनु विडम्बना भएको बताइन् ।
‘प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कान खोलेर यो सन्नुहोस् तपाईँकोमा अहिले कोही पनि न्याय माग्न आउनेवाला छैनन्,’ मानव अधिकार आयोगकी पूर्व सदस्य रहेकी अन्सारीले भनिन्।
सम्बोधनमा अन्सारीले भारतीय ऊर्दू कवि कैफी आजमीको चर्चित शायरी वाचन गरेकी थिइन्, ‘कोई तो सूद चुकाए कोई तो जिम्मा ले, उस इन्कलाबका जो आज तक उधार सा है ।’
प्रधानन्यायाधीले कार्यपालिकासँग मिलेर राजनैतिक भागबण्डा मागेको, न्याय सम्पादन गम्भीर खेलबाड गरेकोलगायत बारको आरोप छ । गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले आन्दोलन गरिरहेको छ ।
Leave a Reply