Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • अमेजनले १ करोड ७५ लाखको गाँजा बेचेको आरोप, दुई जना पक्राउ

    अमेजनले १ करोड ७५ लाखको गाँजा बेचेको आरोप, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । भारतमा गाँजा तस्करीका लागि अनलाइन किनमेल वेबसाइट अमेजन प्रयोग भएको पाइएको छ । गत साता मध्यप्रदेश प्रहरीले दुई व्यक्तिलाई भारतका अन्य राज्यमा २० केजी गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो।

    ती व्यक्तिले अमेजन वेबसाइटमा ‘स्टिभिया’ को पात भन्दै भाङ बेचेका थिए। गाँजा बेचेको आरोपमा उक्त कम्पनीका वरिष्ठ अधिकृतहरूमाथि लागुपदार्थ कारोबारको मुद्दा परेको छ।



    अमेजनले आफ्नो साइटमा गैरकानुनी पदार्थ बेच्न राख्न नपाइने नियम भएको बताएको छ। कम्पनीले पनि त्यस्तो कार्य गर्ने व्यापारीमाथि कडा कारबाही गर्ने बताएको छ।



    ‘यो विषय हामीलाई जानकारी गराइएको छ र हामी अहिले यसमाथि अनुसन्धान गरिरहेका छौँ’ अमेजनले एउटा विज्ञप्तिमा भनेको बीबीसीले जनाएको छ।

    राज्य प्रहरीले एमजन इन्डियामा कार्यकारी निर्देशकहरूमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइएको बताएको छ। ‘अनुसन्धानको क्रममा दिइएको दस्ताबेजमा फरक–फरक कुरा परेको र छलफलका क्रममा पत्ता लागेको तथ्यका’ आधारमा उनीहरूमाथि मुद्दा दर्ता गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

    सो वेबसाइट प्रयोग गरेर लगभग एक लाख ४८ हजार अमेरिकी डलर ( नेपाली रुपैयाँ झण्डै १ करोड ७५ लाख) बराबरको गाँजा बेचिएको अनुमान छ। यो घटनाबाट अमेजनलाई भारतभित्र व्यापार गर्न अर्को कानुनी समस्या बनेको छ। भारतमा अमेजनमाथि प्रतिस्पर्धासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ।

    अमेजन र अर्को अमेरिकी कम्पनी वाल्मार्टद्वारा सञ्चालित फ्लिपकार्टले केही व्यापारीहरूलाई विशेष व्यवहार गरेको आरोपबारे छानबिन भइरहेको छ। अमेजनले सेप्टेम्बरमा एक वा बढी कर्मचारीले भारतीय सरकारी अधिकारीहरूलाई घुस दिएको दाबीबारे आन्तरिक छानबिन सुरु गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार