काठमाडौं । कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ३५ दिनभित्र सीटीसी मलको ऋण तिर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ।
सोमबार ऋणदाता कर्मचारी सञ्चय कोषले ३५ दिनभित्र ऋणको साँवा र ब्याज भुक्तानी गर्न सूचना प्रकाशन गरेको हो।
तामाङले सीटीसी मल निर्माण गर्दा लिएको ऋण तिर्न नसकेपछि कर्मचारी सञ्चय कोषले पत्र काटेको हो।
पत्रमा ३५ दिनभित्र कोषको ऋण नबुझाए चल अचल सम्पत्ति कब्जा लिलाम बिक्री गरेर ऋण अशुल गर्ने उल्लेख छ।
Leave a Reply