Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बारको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको छ : सभामुख सापकोटा

    बारको आन्दोलनमा गम्भीर ध्यानाकर्षण भएको छ : सभामुख सापकोटा

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 2K
    SHARES

    काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले नेपाल बार एसोसिएनको जारी आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    सोमबार आन्दोलनरत बारका प्रतिनिधिहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन सहयोग गरिदिन भन्दै बुझाएको ज्ञापन प्रतिवेदन लिँदै उनले यस्तो बताएका हुन् ।



    ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले निष्पक्षता, तटस्थता र स्वतन्त्र रूपमा पहल गर्ने बताएका छन् । उनले भने, ‘तीनवटै अंगको ओज गरिमा कायम हुनुपर्छ। अहिले भइरहेको बहस नजिकबाट हेरेको छु ।’ उनले जारी बहसबाट निकै राम्रो निष्कर्ष निस्किने र सहज निष्कर्ष निकाल्न सबै पक्ष गम्भीर हुनु पर्ने बताए ।



    गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले आन्दोलन गरिरहेको छ ।

    प्रधानन्यायाधीले कार्यपालिकासँग मिलेर राजनैतिक भागबण्डा मागेको, न्याय सम्पादन गम्भीर खेलबाड गरेकोलगायत बारको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार