Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रविन्द्र मिश्रसँग पार्टी एकीकरण गरेर गल्ती भयो, माफी माग्छु: मिलन पाण्डे

    रविन्द्र मिश्रसँग पार्टी एकीकरण गरेर गल्ती भयो, माफी माग्छु: मिलन पाण्डे

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी मागेका छन् ।

    संयोजक पाण्डेले सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदा आफूले नै नेतृत्व गरेको र त्यसको गल्ती आफूबाटै भएको बताए।



    ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो । त्यहाँ तपाईंहरू सही साबित हुनुभयो,’पाण्डेले विज्ञप्तिमार्फत लेखेका छन्।



    साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएका १३ जनासँग पाण्डेले माफी समेत मागेका हुन् । ‘आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो। तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईँहरू १३ जनासँग माफी माग्छु।’

    यस्तै, उनले लेखेका छन्, ‘विवेकशील साझा पार्टीलाई अग्रगामी, प्रगतिशील, संविधानवादलाई पालना गर्ने पार्टी र विगतका आन्दोलनका उपलब्धिलाई जोगाउने पार्टीको रूपमा खडा गर्नेछौँ।’

    पछिल्लो समय विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र पाण्डे समूहबीच वैचारिक मतभेद छ । मिश्र समूहले संयोजक पाण्डेको अधिकार खोसेर भूमिका विहीन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार