Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चोलेन्द्रविरुद्धको आन्दोलन जारी, सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाइयो

    चोलेन्द्रविरुद्धको आन्दोलन जारी, सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाइयो

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 957
    SHARES

    काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले सोमबार पनि आफ्नो प्रदर्शन जारी राखेको छ ।

    सोमबार बिहानैदेखि आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै धर्ना दिइरहेका छन् ।



    यता आज भने सर्वोच्च परिसरमा केही फरक देखिएको छ।



    यसअघि न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वाेच्च अदालत परिसरबाट हटाइएको छ । केहीदिनअघि सर्वोच्चमा एसएलआरसहितका प्रहरी परिचालित गरिएको भन्दै सर्वत्र विरोध भएको थियो।

    प्रधानन्यायाधीश जबराले कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको, अदालतमा बिचौलियाहरुसँग साँठगाँठ गरेकोलगायतका आरोप लगाउँदै गत कार्तिक १४ गतेदेखि बारले दिनहुँ प्रदर्शन गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार