Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • हामी सुस्ताएका थियौं, अब फेरि जागेका छौं : प्रचण्ड

    हामी सुस्ताएका थियौं, अब फेरि जागेका छौं : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 741
    SHARES

    फाइल फोटो

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र कमजोर हुँदा प्रतिक्रियावादीहरु सलबलाउन थालेको बताएका छन् ।

    चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीहरुले टाउको उठाउने गरेको उनको भनाई थियो ।



    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको बताउँदै उनले भने–‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरायौँ ।’



    जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको दाबी गरेका उनले त्यसका लागि पाँच दलीय गठबन्धन सडकमा उत्रिएको बताए ।

    कार्यक्रममा उनले भने–‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पुर्‍याउने काम जनताले गरेका छन् । जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार