Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

    बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । बैतडीमा जन्ती बोकेर फर्किदै गरेको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । आइतबार राति ८ बजे तिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको थियो ।

    दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जना गम्भीर घाइते भएका थिए । गम्भिर घाइते २ जनामध्ये आज १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।



    मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।

    दशरथचन्द नगरपालिका-२ को थलालगाउबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बर जिप दुर्घटनामा परेको हो।

    मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द, ६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।

    घाइते हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका हर्कबहादुर चन्द रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार