Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रचण्डपछि नारायणकाजीसँग विप्लवको भेटवार्ता, ६४ कै इतिहासमा फर्कनेबारे छलफल

    प्रचण्डपछि नारायणकाजीसँग विप्लवको भेटवार्ता, ६४ कै इतिहासमा फर्कनेबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

    श्रेष्ठको सचिवालयका अनुसार आइतबार बिहान महासचिव विप्लव नारायणकाजीलाई भेट्न उनको निवासमै पुगेका थिए।



    भेटमा पार्टी एकता, आगामी कार्यदिशा र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनलगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।



    यस्तै, सचिवालयका अनुसार भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ।

    पछिल्लो समय विप्लवले माओवादी केन्द्रसंग पार्टी एकता गर्ने भन्ने खबरहरु सार्वजनिक भइरहेका बेला विप्लव र श्रेष्ठबीचको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    यसअघि शनिबार बिहान महासचिव विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवासमा पुगेर पार्टी एकताबारे छलफल समेत गरेका थिए।

    शनिबारको भेटमा भने तत्काल सँगै सहकार्य गरेर अघि बढ्ने र भविष्यमा पार्टी एकता गर्नेलगायतका बिषयहरुमा छलफल भएको बताइएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार