काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामाको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरिरहेको छ ।
सर्वोच्च परिसरमा आइतबार बिहानै उपस्थित भएका आन्दोनरत कानून व्यवसायीहरुले न्यायाधीश तथा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटको भित्रपट्टि कानून आन्दोलन र नाराबाजी गरेका हुन्।
उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । तर, प्रधानन्यायाधीश जबराले भने आइतबार आफूबाहेक १० संयुक्त र एक एकल इजलास गरी ११ इजलासमा ३३४ मुद्धाको पेसी तोकेका छन्। यद्यपि मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन।
यसअघि गत शुक्रबार नै आन्दोलनरत बारले आइतबारका लागि बन्दी प्रत्यक्षीकरण बाहेक अन्य कुनैपनि मुद्दा नहेर्ने निर्णय गरेको थियो । जसका कारण आज देशभरका सबै अदालतमा बन्दीको मुद्दामा मात्रै कानून व्यवसायीले बहस गर्ने बताइएको छ ।
Leave a Reply