Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नेपालमा कोरोना संक्रमितकाे संख्या ४० पुग्याे

    नेपालमा कोरोना संक्रमितकाे संख्या ४० पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । मंगलबार एकैदिन नौ जना नयाँ कोरोना संक्रमितकाे बिरामी भेटिएका छन् । उदयपुरको भुल्केस्थित रहेकाे मस्जिदमा यसअघि भेटिएका काेराेना संक्रमितकाे सम्पर्कमा अाएका ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो। यससँगे कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।



    सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो। संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो।



    गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो। यी आठै जना मुस्लिम समुदायका हुन्। सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार