Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • एआईजी निरज शाहीले पाए प्रहरी प्रधान कार्यालयको जिम्मेवारी

    एआईजी निरज शाहीले पाए प्रहरी प्रधान कार्यालयको जिम्मेवारी

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरजबहादुर शाहीलाई प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीसहितको टोली इन्टरपोलको महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान गरेसँगै एआईजी शाहीलाई उक्त जिम्मेवारी दिइएको हो।



    आईजीपी क्षेत्री नेतृत्वको टोली इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा यही मंसिर ७ देखि ९ गतेसम्मसंचालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गरेको हो ।



    आईजीपी क्षेत्रीसँगै महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत त्यसतर्फ प्रस्थान गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार