Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लिग वानमा मेस्सीको पहिलो गोल, नान्टेसमाथि पीएसजीको सानदार जीत

    लिग वानमा मेस्सीको पहिलो गोल, नान्टेसमाथि पीएसजीको सानदार जीत

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जीत निकालेको छ।

    शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जीतमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे।



    खेलको ७६औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। तर, ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २–१ ले अघि रह्यो।



    खेलको ८७औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३–१ को जीत दिलाए। मेस्सीको यो पहिलो लिग वान गोल हो।

    खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो।

    जीतसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार