Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • साउदीबाट आएका एक युवकमा कोरोनाकाे आरडीटी रिपाेर्ट पाेजेटिभ

    साउदीबाट आएका एक युवकमा कोरोनाकाे आरडीटी रिपाेर्ट पाेजेटिभ

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.6K
    SHARES

    भोजपुर । भाेजपुरमा एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ। हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आरडीटीबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

    उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढीतर्फ जाँदै गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वाब बुधबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने कार्यालयले जनाएको छ।



    गत २०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए। होम क्वारेन्टाइनमा रहेका उनलाई आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार