Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • खुमलटारमा प्रचण्ड विप्लवबीच भेटवार्ता: सहकार्यका साथ अघि बढ्ने सहमति

    खुमलटारमा प्रचण्ड विप्लवबीच भेटवार्ता: सहकार्यका साथ अघि बढ्ने सहमति

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

    अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको सचिवालयको भनाइ छ।



    पछिल्लो समय माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकताको हल्ला चलिरहेको बेला उनीहरुबीचको भेटलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ।



    भेटमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित अध्यक्ष प्रचण्ड र विप्लवबीच छलफल भएको स्रोतले जानकारी दियो। स्रोतका अनुसार छलफलमा दुई पार्टीबीच सहकार्य गरेर जान सकिने बताइएको छ।

    तत्कालीन नेकपा माओवादी विभाजन हुँदा मोहन वैद्य ‘किरण’सँगै विप्लव पनि अलग भएका थिए । पछि उनी वैद्यबाट पनि अलग भए । उनले २०७१ साल मंसिर १३ गते चितवनमा अलग्गै भेला गरी आफ्नो नेतृत्वमा नयाँ पार्टी गठन गर्ने निर्णय गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार