Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • शीर्षस्थानको बायर्न पराजित

    शीर्षस्थानको बायर्न पराजित

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिख अग्सवर्गसँग पराजित भएको छ। शुक्रबार राति बायर्नले घरेलु टोली अग्सवर्गसँग २–१ को हार बेहोरेको हो।

    घरेलु टोलीको जितमा म्याड्स भ्यालेन्टिन पेडेरसिन र आन्द्रे हानले गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। सबै तीन गोल दोस्रो हाफमा भएको थियो।



    खेलको २३औं मिनेटमा म्याड्स भ्यालेन्टिन पेडेरसिनले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। उनले एन्डी जिकिरीको पासमा गोल गरेका थिए। ३६औं मिनेटमा आन्द्रे हानले गोल गर्दै अग्सवर्गको अग्रता दोब्बर पारे। उनले लागोको पासमा गोल गरेका थिए।



    खेलको ३८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई खेलमा फर्काएका थिए। लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गरेका थिए। त्यसपछि खेलमा अन्य गोल हुन सकेन।

    पराजित बायर्न १२ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा रहेको छ। अग्सवर्ग १२ खेलबाट १२ अंक जोडेर १५औं स्थानमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार