काठमाडौँ । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलाल, माफिया र तस्करहरूको सेवा गरिरहेको बताएका छन् ।
शुक्रबार सर्वोच्च परिसरमा नेपाल आर एशोसिएशनको धर्नापछिको कार्यक्रमा बोल्दै अधिवक्ता कार्कीले प्रधानन्यायाधीशले नेताहरूलाई विचाराधीन मुद्दा देखाएर खबरदारी गरेको समेत आरोप लगाए।
यस्तै, उनले प्रधानन्यायाधीशविरुद्ध यत्रो ठुलो आन्दोलन भइरहँदा पनि राजनीतक दलहरुले मौनता साँधेकोमा आपत्ति समेत जनाए ।
कार्यक्रमा उनले नेताहरुको कान बन्द भएको र आँखा समेत नखुलेको टिप्पणी गरे, ‘नेताहरू कान सुन्दैनन्, आँखा बन्द छन्, अधिवक्ता कार्की भने,’ दलाल भेट्न जतिबेला सहज छ तर हाम्रो कुरा सुन्ने फुर्सद छैन ।’
प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।
Leave a Reply