महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अमृता सदाको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
सार्वजनिक हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यका अनुसार गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी ३५ वर्षीया सदाकाे बलात्कारपछि हत्या भएकाे प्रहरीको अनुसन्धानमा खुलेको हो।
उनीहरूले अमृतलाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ।
उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Leave a Reply