काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबारका लागि दश इजलास तोकेका छन् ।
सर्वोच्च अदालत परिसरमा आफूविरुद्ध आन्दोलन भइरहँदा प्रधानन्यायाधीश जबराले आजका लागि एउटा एकलसहित नौ संयुक्त इजलास तोकेका हुन् ।
यस्तै, आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाका लागि प्रधानन्यायाधीश जबराले संयुक्त तोकेका छन् ।
साथै न्यायाधीश नहकुल सुवेदीका लागि एकल इजलास तोकिएको छ ।
प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।
Leave a Reply