Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • सप्तरीमा गोरुगाडा दौड प्रतियोगिता: विजेताले पाए २ तोला चाँदी

    सप्तरीमा गोरुगाडा दौड प्रतियोगिता: विजेताले पाए २ तोला चाँदी

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव/ सप्तरी  । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ ।

    जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह यज्ञको अन्तिम दिन बुधबार गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको हो ।



    बर्तमान परिप्रेक्ष्यमा गोरु पाल्ने क्रम घट्दै गएपछि यसलाई प्रोत्साहित गर्न गोरुगाडा दौड आयोजना गरिएको बोदे बर्साइन नगरपालिका वडा नम्बर २ बरहाका युवा अरबिन्द यादवले बताए । यो प्रतियोगितामा ७ जना गोरुगाडा सहभागी भएका थिए ।



    प्रतियोगितामा भाग लिएका गौराका कृषक श्याम प्रसाद यादवको गोरुगाडा प्रथम, डहबारी बस्ने महेन्द्र यादवको गोरुगाडा दोस्रो, गौरा गाउँकौ मुकेश यादवको गोरुगाडा तेस्रो र जोगिया गाउँका भागवत प्रसाद यादवको गोरुगाडा तेस्रो भएको आयोक समितिले जनाएको छ ।

    प्रथम भएकालाई २ तौला चाँदी, २५ किलो पिना, १ बालटिन २ घुँघरु र १ गम्छा, दोस्रो हृुनेलाई डेढ तोला चाँदीको तक्मा, २० किलो पिना, १ बाल्टिन, २ घुँघरु र १ गम्छा, तेस्रो भएकालाई १ तोला चाँदी, २० किलो पिना १ बाल्टिन र १ गम्छा लगाएर सम्मान गरिएको छ । सान्तवना हुनेलाई नगद रु ५ सय प्रदान गरिएको थियो ।

    यो प्रतियोगिता प्रत्येक वर्ष स्थानीय युवाहरुले आयोजना गर्दै आईरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार