Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • एमाले महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान

    एमाले महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ । महाधिवेशन आर्थिक कमिटीका संयोजक विष्णु रिमालका अनुसार नवौँ महाधिवेशन भन्दा १०औँ महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो ।

    महाधिवेशन केन्द्रित नवयुग बुलेटिनमार्फत आर्थिक संयोजक रिमालले सो प्रक्षेपणका बारेमा जानकारी दिएका हुन् । ‘नवौँ महाधिवेशनमा ४ करोड ५० लाख खर्च भएको थियो । १०औँ महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान गरेका छौँ,’ उनले भने । उनका अनुसार आठौँ महाधिवेशन भने २ करोड २५ लाखमा सम्पन्न गरेको थियो ।



    ६ हजार ४ सय ३५ प्रतिनिधि उपस्थित भएको विधान महाधिवेशनमा करिब ५ करोड खर्च गरेको एमालेले विधान महाधिवेशन र १०औँ महाधिवेशन गरी यसै वर्ष १२ करोड ५० खर्च गर्ने भएको छ ।



    तर, चितवन महाधिवेशनमा होटलका ३५ सय कोठा बुक गरेको तथा नयाँ मञ्च बनाउनु पर्ने लगायतका कारण विधान महाधिवेशन भन्दा नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन खर्चिलो हुन पुगेको रिमालको भनाई छ ।

    हालै नवीकरण भएका ८ लाख ५५ हजार ४ सय ५३ सदस्यलाई १–१ सय रुपैयाँ सहयोग गर्न आह्वान गरेको जनाउँदै अधिकांश रकम सोही प्रक्रियाबाट सङ्कलन गर्ने योजना एमालेले बनाएको छ । त्यसका लागि बैंक खाता सार्वजनिक गर्दै ई–सेवा र फोन पेबाट रकम जम्मा गर्ने सुविधा एमालेले बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार