Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्च अदालतलाई युद्धको मैदान बनाइयो: बार एशोसिएशन

    सर्वोच्च अदालतलाई युद्धको मैदान बनाइयो: बार एशोसिएशन

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतलाई युद्धको मैदान बनाइएको भन्दै आपत्ति जनाएको छ।

    बिहीबार सर्वोच्च अदालत परिसरमा ‘एसएलआर’सहितका प्रहरीहरु परिचालित भएकोमा आपत्ति जनाउदै बार उपाध्यक्ष ईश्वरी भट्टराईले सर्वोच्चलाई युद्धको मैदान बनाइएको आरोप लगाए।



    आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर दमन गरिएको भन्दै यो घटना सुनियोजित भएको उनले दाबी गरे।



    ‘हामी शान्तिपूर्ण रुपमा आन्दोलनमा थियौं, हामीमाथी दंगा प्रहरी परिचालन गरियो, आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘मूलद्वारमा हामी बसेपछि प्रधानन्यायाधीशले वैकल्पिक बाटो प्रयोग गर्नुभयो, त्यता जान खोज्दा हामीमाथि प्रहार भयो’ उनले भने।

    प्रहरीभित्र नै घातक हतियार मानिने एसलआर कानून व्यवसायीको प्रदर्शनमा पहिलोपटक देखिएको हो।

    यसअघि प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेश गर्न नदिने उदेश्यसहित मूलगेटमा धर्ना दिँदै आएका कानुन व्यवसायीले बिहीबार भने वैकल्पिक गेटमा पनि धर्ना दिएका थिए।  धर्नाका क्रममा केहीबेर प्रहरी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच घम्साघम्सी समेत थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार