Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • तीन उद्योगको सिमेन्ट बेच्न रोक, १५ दिनभित्र स्पष्टिकरण माग

    तीन उद्योगको सिमेन्ट बेच्न रोक, १५ दिनभित्र स्पष्टिकरण माग

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । गुणस्तर तथा नापतौल विभागले तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको सिमेन्ट बिक्रिमा रोक लगाइएको छ।

    विभागले उत्पादनमा कम गुणस्तर पाइएको जानकारी दिएको छ। त्यस्तै ती सिमेन्ट उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण दिन पत्राचार पनि गरिएको छ। ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरुप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको हो।



    विभागका अनुसार सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर नपुगेको हो।



    ती कम्पनीले ४३–५३ ग्रेड भएको दाबी गरेपनि त्यो नदेखिएको हो। मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो।

    युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो। यस्तै, जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार