Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रहरीद्वारा थप २२ हजार ५ सय किलो गुणस्तरहीन दाल सिल

    प्रहरीद्वारा थप २२ हजार ५ सय किलो गुणस्तरहीन दाल सिल

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.8K
    SHARES

    बारा । प्रहरीले कलैया उपमहानगरपालिका–७ मा रहेको यादव आईस एण्ड कोल्ड स्टोरमा चार वर्षअघि भण्डारण गरिएको थप २२ हजार ५ सय किलो रहरको दाल बरामद गरी सोमबार साँझ सिल गरेको छ । दाल सिल गरेर परीक्षणको लागि नमुनासमेत संकलन गरिएको छ । यसअघि ९ हजार ५ सय किलो रहरको दाल सिल गरेको थियो ।

    उक्त कोल्डस्टोरमा भाडामा भण्डारण गरेको धनलक्ष्मी दाल मिल वीरगन्जका सञ्चालक तेजकरण जैनले आफ्नो अरु पनि दाल कोल्डस्टोरमा भण्डारण रहेको बयान दिएपछि प्रहरीले साँझ दाल बरामद गर्न कोल्डस्टोर पुगेको थियो । कोल्डस्टोर पुगेर प्रहरीले खोजतलास गर्दा दाल कोल्डस्टोरको भऱ्याङमा रहेको पाएको थियो । प्रहरी हिरासतमा रहेका मिलका सञ्चालक जैनले बयान दिएपछि हिरासतमै अनुसन्धानको सिलसिलामा रहेका कोल्डस्टोरका मुन्सी कृष्ण यादव (रेखदेख गर्ने) सित प्रहरीले जैनको बयान पुष्टि गराउन खोज्ने क्रममा मुन्सीले कोल्डस्टोरमा थप दाल रहेको सुइको दिएको थियो । त्यसपछि प्रहरीले बाँकी दाल बरामद गरी सिल गरेको हो ।



    प्रहरी उपरीक्षक कृष्ण पंगेनीकाअनुसार ५० किलोको ४ सय ५० बोरा दाल दोस्रो ‘लट’मा सिल गरी परीक्षणका लागि नमुना संकलन गरिएको बताए । यसअघि २५ किलोको ३ सय २० बोरा सिल गरिसकिएको उनले बताए । विभिन्न ‘लट’मा भण्डारण गरिएका यी कुहिएका दाल कोल्ड स्टोरबाट बिक्री भई राहतमा बाँडिएकोले थप अनुसन्धानका लागि दोस्रो ‘लट’को दालसमेत बरामद गरी सिल गरिएको उनको भनाइ छ ।



    मिल सञ्चालकका छोरा निशान्त जैनले कोल्डस्टोरमा ४८ हजार किलो दाल आफूले भण्डारण गरी भाडा तिर्दै आएको बताएका छन् । ‘३२ हजार किलो मात्र दाल भए पनि अरु दाल कोल्ड स्टोरले हाम्रो सहमतिबिना बिक्री गरेको छ,’ उनले भने, ‘बाँकी दाल पनि मैले पाउनुपर्छ ।’ यता सुरुको ‘लट’ को दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहीन प्रमाणित गरेपछि प्रहरीले कोल्ड स्टोरका मुन्सी, दाल भण्डारण गर्ने मिलका सञ्चालक र राहतमा दाल बाँड्ने कलैया उपमहानगरका ५ जना वडाध्यक्षहरुलाई हिरासतमा लिएर कालोबजारी मुद्दाअन्तर्गत अनुसन्धान गरिरहेको छ ।

    कोल्डस्टोर कांग्रेसका पूर्वसांसद राधेचन्द्र यादवको नाममा दर्ता भई उनका छोरा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय र भतिज रोशन भन्ने रविन्द्र यादवले सञ्चालन गरी कारोबार गर्दै आएका छन् । कोल्डस्टोर सञ्चालक पक्षले दाल भण्डारण गर्ने धनलक्ष्मी मिलका सञ्चालक जैनको सहमतिमा दाल बिक्री गरिएको बताउँदै आएको छ । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार