Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने

    तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सोमबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

    प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।



    स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङ्ग/हावाहुरीसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।



    आगामी तीन दिनको मौसम पूर्वानुमान

    वैशाख ९ गते (मंगलबार)

    दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

    राति : देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ/ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

    वैशाख १० गते (बुधबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्हपश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    राति : देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

    वैशाख ११ गते (बिहीबार)

    दिउँसोः देशभर आंशिक खि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

    राति : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार