Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • यथाशीघ्र माग सम्बोधन नभए प्रधानन्यायाधीशको च्याम्बरमै प्रदर्शन गर्ने बारको चेतावनी

    यथाशीघ्र माग सम्बोधन नभए प्रधानन्यायाधीशको च्याम्बरमै प्रदर्शन गर्ने बारको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आन्दोलनरत नेपाल बार एसोसिएसनले आफूहरूको माग सम्बोधन नभए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको च्याम्बरमै पुगेर विरोध गर्ने चेतावनी दिएको छ।

    दुई साताभन्दा लामो समयदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै बार महासचिव लिलामणि पौडेलले यस्तो चेतावनी दिएका हुन्।



    सम्बोधनमा उनले भने, ‘प्रधानन्यायाधीशले बारको कुरा नसुन्ने हो भने हामी उहाँकै कुर्सीमा पुगेर धर्ना दिन्छौं, आन्दोलनलाई सशक्त पार्छौं।



    यसतै महासचिव पौडेलले इजलासमा फर्किने तयारी गरेका न्यायाधीशलाई खबरदारी गर्दै आफूहरुकोआन्दोलन असफल पार्ने कदम नचाल्न चेतावनी पनि दिए ।

    ‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि हो’, उनले भने, ‘न्यायका लागि हो । त्यसकारण न्यायाधीशले साथ दिनुपर्छ । विपक्षमा गएर विरूद्वमा नलाग्नुस्।’

    सोमबार न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले  प्रधानन्यायाधीशबाहेकको न्यायाधीश र बारबीचको छलफलमा बस्न अस्वीकार गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार