Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कोरोना भाइरस : उडान आवतजावत रोक्न बालुवाटारमा छलफल

    कोरोना भाइरस : उडान आवतजावत रोक्न बालुवाटारमा छलफल

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेपछि सरकारले सतर्कता अपनाएको छ।

    कोरोना भाइरसको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा मन्त्रीहरुको बैठक बोलाएका थिए । बैठकमा कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा छलफल भएको स्रोतले वतायो।



    बैठकले कोरोना भाइरसको रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको वताइएको छ । बालुवाटारमा बैठकपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्दशन दिएका छन् ।



    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस पछिल्लो समय इरान, इटली र दक्षिण कोरियाहुँदै मध्ययूर्वसम्म फैलिएको छ । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार