Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • चीनमा वित्तिय संकट रहेको अमेरिकाको दाबी, विश्वव्यापी बजारमा नकरात्मक असर

    चीनमा वित्तिय संकट रहेको अमेरिकाको दाबी, विश्वव्यापी बजारमा नकरात्मक असर

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । अमेरिकाले अर्धवार्षिक प्रतिवेदनमा चीनमा सम्पत्ति संकट जारी रहेको दाबी गरेको छ । सो प्रतिवेदनमा यसबाट चीनमा आर्थिक क्षति मात्र नभएर विश्वव्यापी वित्त बजारमा पनि नकारात्मक प्रभाव पार्ने अमेरिकीले जनाएको छ ।

    अमेरिकाको फेडरल रिजर्भद्वारा जारी प्रतिवेदनमा चीनको सबैभन्दा ऋणी निकाय इभरग्रयान्डेमा भएको संकटतर्फ संकेत गर्दै अप्रिय भविष्यवाणी गरेको हो । यो रियल स्टेट कम्पनी हो जसले लिएको ३ खर्ब अमेरिकी डलर ऋण संकटमा परेको छ । योलगायत चीनका अन्य रियलस्टेट व्यवसायमा ठूलो आर्थिक संकट आइपरेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।



    ‘चिनियाँ अधिकारीहरूले सम्पत्ति बजार (प्रोपर्टी मार्केट)लाई सन्तुलनमा ल्याउने उपायहरूमा लागेको भनिएको छ, तर आर्थिक जोखिम निरन्तर रूपमा माथि गइरहेको छ,’ फेडरल रिजर्भले भनेको छ । अमेरिकी केन्द्रीय बैंकले चीनको अर्थतन्त्र तथा वित्त प्रणालीमा उत्पन्न हुने गहिरो संकटले अमेरिकी वित्त बजारमा ठूलो असर पुग्ने बताएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार