Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बारको आग्रहलाई पाखा लगाउँदै चोलेन्द्रको पक्षमा उभिए पाँच न्यायाधीश

    बारको आग्रहलाई पाखा लगाउँदै चोलेन्द्रको पक्षमा उभिए पाँच न्यायाधीश

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आन्दोलनरत नेपाल बार एशोसिएशनमा आवद्द पाँच जना न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा उभिएका छन्।

    सोमबार प्रधानन्यायाधीश जबराले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आह्वान गरेपछि बसेको आन्दोलित कानुन व्यबसायीहरुको बैठकमा उनीहरुले जबराको पक्ष लिएका हुन्।



    उनीहरुले प्रधानन्यायाधीशबाहेकको न्यायाधीश र बारबीचको छलफलमा बस्न अस्वीकार गरेका छन्।



    छलफलमा नबस्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन्।

    गोलाप्रथाबाट पेसी तोक्नेबारेको पूर्ण बैठक (फुलकोर्ट)बाहेकका बैठकमा सहभागी नहुने रणनीतिका कारण बारसँगको बैठकमा सहभागी नभएको उनीहरूले बताएका छन् ।

    यसअघि बारले प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नजान आग्रह गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुलाई पत्र समेत लेखेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार