काठमाडौँ । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएशनका पदाधिकारीहरुलाई वार्तामा आउन गरेको आह्वान भ्रष्टाचार लुकाउने दुष्प्रयास भएको टिप्पणी गरेको छ ।
सोमबार दिउँसो अनामनगरस्थित युनियन हाउसमा बसेको पूर्वन्यायाधीश फोरमको बैठकले एक विज्ञप्ति सार्वजनिक गर्दै फोरमले यस्तो त्प्पानी गरेको हो।
‘आज मिति २०७८/७/२९ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट वार्ताका लागि जारी गरिएको आह्वान न्यायका विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो न्यायालयको हितमा रहेको देखिँदैन।’
यस्तै, विज्ञप्तिमा भनिएको छ, ‘ ‘… रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं ।’
यस्तो छ बिज्ञप्ति:
Leave a Reply