Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • वार्तामा आउन आह्वान गरेका प्रधानन्यायाधीशलाई बारको जवाफ- तपाईँसँग वार्ता हुन सक्दैन, राजिनामा दिनुहोस्

    वार्तामा आउन आह्वान गरेका प्रधानन्यायाधीशलाई बारको जवाफ- तपाईँसँग वार्ता हुन सक्दैन, राजिनामा दिनुहोस्

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्ध प्रदर्शन गरिरहेको नेपाल बार एशोसिएशनका सदस्यहरुलाई संवादका लागि आह्वान गरेका छन् ।

    प्रधानन्यायाधीश जबराको विज्ञप्तिपछि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाको ‘गरिमा राख्न नसकेको’ बताउँदै राजिनामा मात्र एकविकल्प रहेको बताए।



    सोमबार बारको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘तपाईँसँग वार्ता हुन सक्दैन। तपाईँ राजिनामा गर्नुस्।’



    मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

    तर, जबराले भने आफूले राजीनामा नदिने अडान कायम राखेका छन् ।

    सोमबार बिहान प्रधानन्यायाधीश जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार