Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सचिवालय बैठक सकिएलगत्‍तै प्रधानमन्त्री किन गए शीतलनिवास?

    सचिवालय बैठक सकिएलगत्‍तै प्रधानमन्त्री किन गए शीतलनिवास?

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णयलगत्तै सत्तारुढ दल नेकपाभित्र हलचल मच्‍चिएको छ। सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी समूहका मन्त्रीहरुको छुट्टै बैठक बसेको थियाे।

    त्यस लगत्तै नेकपाको सचिवालय बैठक बसेकाे थियाे। सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली शितल निवास पुगेका छन्। प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास पुगेका हुन्।



    पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताको अनुपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्ने र निर्णय गर्न सक्ने गरी अध्यादेश मन्त्रिपरिषद‍् बैठकको सिफारिसलगत्तै राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन्। नेकपाको सचिवालय बैठक बस्दाबस्दै अध्यादेश जारी भएको थियो।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार