काठमाडौं । वैकल्पिक गेट (चोरबाटो)बाट कार्यकक्ष छिरेका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।
प्रधानन्यायाधीश जबराले भर्खरै मात्र एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।
तर, जबराले भने आफूले राजीनामा नदिने अडान कायम राखेका छन् । उनीमाथि आन्दोलनरत कानुन व्यवसायीहरुले न्यायालमा बिचौलियाको प्रयोग गरेर लाखौं रकम कमिशन लिएको समेत आरोप लगाउदै आएका छन्।
Leave a Reply