काठमाडौँ । आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ ।
सोमबार बिहान सर्वाेच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो ।
घम्साघम्सीपछि सर्वोच्चको गेटबाट चार जना पक्राउ परेका छन् । गत कार्तिक १४ देखि आन्दोलनरत कानुन व्यवसायीलाई प्रहरीले सर्वाेच्च प्रवेशमा रोक्ने प्रयास गरेपछि घम्साघम्सी भएको हो।
बारले आज पनि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी प्रदर्शन गरिरहेको छ । तर, जबरा भने शुक्रबार र आइतबार चोरबाटोबाट सर्वोच्च प्रवेश गरेका थिए।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।
Leave a Reply