Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काठमाडौं प्रहरी प्रमुखमा ज्ञवाली र अपराध महाशाखामा थापाको सरुवा

    काठमाडौं प्रहरी प्रमुखमा ज्ञवाली र अपराध महाशाखामा थापाको सरुवा

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गर्ने निर्णय गरेको छ।  दुबै जना एसएसपी एउटै व्याचका हुन।   काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र अपराध महाशाखा प्रमुख सहकुल थापा डिआईजीमा बढुवा भएर पदस्थापन भएपछि भोलीबाट दुबै ठाउँ रिक्त हुँदै थिए।

    ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए भने थापा आर्थिक प्रशासन शाखामा थिए । ज्ञवाली प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई समेत हुन् ।



    ज्ञवालीसँग रुपन्देही,सिरहालगायतका जिल्लाको प्रमुख भएर काम गरेको अनुभव छ भने थापाले चितवनलगायतका जिल्लाको प्रमुख भएर काम गरिसकेका छन् । काठमाडौं परिसर र अपराध महाशाखा चुनौतीपूर्ण र आकर्शक ठाउँ हुन। प्रहरी अधिकारीको करिअरका लागि दुबै ठाउँ महत्वपूर्ण मानिन्छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार