काठमाडौँ । महानगरीय अपराध महाशाखाले सोह्र लाख बिस हजार नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्ला मलेपुर गा.पा.५ घर भइ काठमाडौँ कालिमाटी बस्ने २५ बर्षीय अमर नारायण दास रहेका छन् ।
महाशाखाका अनुसार दासलाई पूर्व सूचनाको अधारमा आज दिउँसो ४ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट पक्राउ गरिएको हो ।
आइतबार उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनको साथबाट १६ लाख २० हजार ९ सय नगद बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दासलाई आवश्यक थप कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।
Leave a Reply