Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बालिका प्रकरणमा मुख खोले मुख्यमन्त्री राईले

    बालिका प्रकरणमा मुख खोले मुख्यमन्त्री राईले

    'कहिल्यै चिनजान, बोलचाल र दोहोरो सम्वाद भएको छैन'

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    विराटनगर । प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गरेकी, तत्कालीन नेकपा एमाले युवा संघको निर्वाचित केन्द्रीय सदस्य बालिका खड्काले हालेको उजुरीको बारेमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आज मुख खोलेका छन् ।

    खड्काले आफ्नो पति भएको दाबी गर्दै मुख्यमन्त्री राईमाथि अंश मुद्दा हालेपछि उनले खड्काको दाबी अस्वीकार गगर्दै आफू २०७२ मा सञ्चार मन्त्री भएदेखि नै षड्यन्त्र सुरु भएको बताएका हुन् ।



    शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा राईले यसबारे मुख खोलेका हुन् ।



    राई आफ्नो पति भएको दाबी गर्दै खड्काले शुक्रवार काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी छन् ।

    राईले आफूसँग बिहे गरेको दाबी गरेकी उनले घरेलु हिंसाको आरोप समेत लगाएकी छन् ।

    हिंसा गरेकोमा विपक्षी (शेरधन राई) लाई कारवाही र कानूनबमोजिम आफूले अंश पाउनुपर्ने उनको माग दाबी छ ।

    कार्यक्रममा मुख्यमन्त्री राइले राखेको भनाई जस्ताको तस्तै ः

    जुन पात्रको कुरा छ, ती पात्रसँग मेरो कहिल्यै चिनजान भएको पनि छैन, बोलचाल भएको पनि छैन, कहिल्यै दोहोरो सम्वाद भएको पनि छैन ।

    म सञ्चारमन्त्री भएको तीन महिना पछाडि फटाफट मेरो नम्बरमा म्यासेज आउँछ । त्यो म्यासेज एउटा दुइटा होइन, पचासौं, सयौंको सख्यामा आउँछ । भोलिपल्ट पनि आउँछ ।

    मलाई म्यासेज प्राप्त भएको एउटा नम्बरमा म कलब्याक गर्छु र को मान्छे हो भनेर चिन्न खोज्छु । नामसम्म थाहा हुन्छ । त्यसपछि मैले फोन राख्छु । तर, म्यासेज लगातार आयो ।

    त्यसपछि मैले ती म्यासेजहरुलाई जस्ताको तस्तै मोबाइलमा राखेर सञ्चारमन्त्रीको हैसियतमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई देखाएँ । उहाँ पनि अचम्मित हुनुभयो । यसभन्दा अगाडि पनि तपाईँका बारेमा एउटा गलत पोको लिएर मान्छेहरु आएका थिए ।

    आज प्रमाणित भयो, तपाईमाथि ठूलो षड्यन्त्र भएको रहेछ । अब तपाई ढुक्कले केही विचलित नभई आफ्नो काममा अगाडि बढ्नुस्, कसैलाई केही प्रतिक्रिया नदिनुस् । मैले मान्छे चिनें, बुझें, प्रधानमन्त्रीजीले भन्नुभयो । तर, म्यासेज र मलाई हृयारेस्ट गर्ने काम रोकिँदैन ।

    जब सरकारबाट हामी बाहिरियौं, मैले सात पेजको म्यासेज प्रिन्ट गरेर त्यो गिरोहको नाइकेको नाम किटानी गरी मैले पार्टीको पोलिटब्यूरो बैठकमा एउटा एजेण्डा दर्ज गरेँ । यहाँ भीम कमरेड हुनुहुन्छ, (मञ्चमा रहेका भीम आचार्यतर्फ संकेत गर्दै) मैले पार्टी अध्यक्षसँग औपचारिक अनुमति मागेर एजेण्डा दर्ज गरेर पार्टीको बैठकमा दुई घन्टा छलफल भयो ।

    पार्टी पोलिटब्यूरोमा एकमतले ती पात्र गलत हुन् भन्ने निष्कर्ष निस्कियो । त्यसो हो भने जसले मेरो राजनीतिक जीवनलाई समाप्त गर्न करौडौं पैसा खर्च गरेर सक्रिय छ, त्यो गिरोहलाई बाहिर ल्याउन छानविन कमिटी बनोस् भनेर मैले आग्रह गरेँ । अध्यक्षले स्थायी कमिटीबाट आवश्यक निर्णय लिने निष्कर्ष सुनाउनुभयो, बैठक सकियो ।

    मैले पार्टी अध्यक्षसँग अनुमति मागेर सात पेज म्यासेज र ६ वटा नम्बरसहित आवश्यक अनुसन्धानका लागि सीआईबीमा निवेदन दिएँ । पुलिसले सम्वन्धित मान्छेमाथि प्रारम्भिक अध्ययन गर्‍यो । यी मान्छे स्वभाविक परिस्थितिमा छैनन् । त्यसैले अहिले कारबाही अगाडि नबढाऔं । हामी अध्ययन गर्छौं भन्ने त्यतिबेलाका डीआईजी नवराज सिलवाल अहिले प्रतिनिधिसभाको माननीय हुनुहुन्छ ।

    मैले आजको मितिसम्म कुनै प्रतिक्रिया दिएको थिइनँ । तर, लगातार ममाथि यस प्रकारको षड्न्त्र के कारणले होला, थाहा छैन ।

    म शीर ठाडो पारेर सबैलाई भन्न सक्छु, म भुईँबाट आएको मान्छे हुँ, असाध्यै विकट गाउँमा जन्मिएको मान्छे हुँ । भुईँबाट आएको मान्छे, कम्युनिस्ट पार्टीको सदस्यता लिएर जे जिम्मा पायो, पाएको जिम्मा राम्रोसँग फत्ते गर्दै यहाँसम्म आएको हुँ । म कसैको चाकडी गरेर आएको होइन ।

    आशिर्वाद पाएर, मिडियाबाजी गरेर अनेकथोकको सहारा लिएर आएको होइन । मेरो जिन्दगी शतप्रतिशत पारदर्शी छ । म चुनौती दिन चाहन्छु सबैलाई, आर्थिक र नैतिक मामिलामा कसैले पनि खोट लगाउन सक्ने ठाउँ मैले बनाएको छैन ।

    यसबारे बोल्ने समयको पर्खाइमा थिएँ म। किनभने यसको कुनै अर्थ छैन, प्रतिक्रिया दिनुपर्दैन भनेर पुलिसले पनि भन्यो, पार्टीले पनि भन्यो । तर, आज बोल्नुपर्ने भयो । र, अब दूधको दूध, पानीको पानी छुट्टिने समय आयो । यो केही दिनमा छुटिन्छ, यहाँहरुले थाहा पाउनुहुन्छ । यो कहिँ चुकेको थियो कि रु यसले कहिँ कतै गल्ती गरेको थियो कि भन्ने भ्रम नहोस् ।

    यो मामिलामा मिडियाको दुरुपयोग भएको छ, किनिएको छ । यसको पनि खोजी गरिदिन म आग्रह गर्न चाहन्छु । आधा घन्टामा तपाईहरुले पत्ता लगाउन सक्नुहुन्छ । यो धन्दामा सामेल मान्छे पनि पत्ता लगाउन सक्नुहुन्छ । पार्टीमा त मुख्य मान्छेको नाम नै तोकेर दिएको छु ।

    ममाथि जुनखालको षड्यन्त्र भएको छ, शायद विश्वको कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म भएको छैन र हुँदैन होला । चुनावका बेला ममाथि १० वटा बम र एउटा गोली प्रहार गरियो । त्यो तर्साउन होइन, ठाउँका ठाउँ सिध्याउन गरिएको थियो । र, मैले यो घटनालाई पनि योसित जोडेर पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराएको छु ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार