Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • थापाथलीबाट एयर गनसहित युवक पक्राउ

    थापाथलीबाट एयर गनसहित युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग कोटेश्वरले १ थान एयर गनसहित एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कैलाली घर भइ काठमाडौँ थापाथली बस्ने २१ बर्षीय जितेन्द्र नाथ रहेका छन्।



    नाथलाई शनिबार महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले थापाथलीबाट पक्राउ गरेको हो।



    प्रहरीका अनुसार नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त गन फेला परेको हो।

    पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार