काठमाडौं। प्रहरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रर्दशनमा उत्रिएका पाँच जना अभियान्ताहरुलाई पक्राउ गरेको छ।
जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरील पक्राउ गरेको हो ।
नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् ।
विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो ।
प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको, सर्वोच्चमा विकृति भित्र्याएको भन्दै न्यायाधीशहरूसहित गत कार्तिक पहिलो सातदेखि नेपाल बार आन्दोलनमा रहेको छ ।
Leave a Reply