Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • भुपेन्द्रका बुबाको रोदन : ४० पटक फोन गरेर ‘ग्याङ’मा आउन धम्की दिए, नमानेपछि लखेटी–लखेटी प्राण लिए

    भुपेन्द्रका बुबाको रोदन : ४० पटक फोन गरेर ‘ग्याङ’मा आउन धम्की दिए, नमानेपछि लखेटी–लखेटी प्राण लिए

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 2.8K
    SHARES

    काठमाडौं – कात्तिक २४ कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताएका हुन् ।



    कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नवीन रावलको समूहले ‘ट्रयाप’मा पारेर हत्या गरेको मृतकका बुबाले बताएका छन् ।



    रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको हत्या गरेको उनका बुवा डम्बर बडुवालले बताएका हुन् ।

    दशैंभन्दा अगाडि रिसोर्टमा बोलाएर मेरो ग्याङमा सामेल होभन्दा भुपेन्द्रले इन्कार गरेपछि हतियार देखाएर उनलाई जबरजस्ती आफ्नो ग्याङमा सामेल भएको घोषणा गरेको उनले बताए ।

    काठमाडौंबाट भर्खरै मात्र घर गएका भुपेन्द्रलाई उनकै साथीले बोलाएको भुपेन्द्रको फोनको ‘कल डिटेल्स’ प्रहरीले भेटेको छ। साथीलाई अफ्ठ्यारो परेको छ भन्दै ४० पटकसम्म भुपेन्द्रलाई फोन गरेको प्रहरीले भेटेको मृतकका पिताले जानकारी दिएका छन् ।

    मंगलबार राति ८ बजे खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी कपिल श्रेष्ठ आएका थिए।साथीलाई अप्ठ्यारो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका थिए ।

    घर गएर भुपेन्द्रका बुवा डम्बरलाई पसलमा सहयोग गरिरहेका थिए । लम्कीचुहामा डम्बरको जुत्ता–चप्पल र इनामेलको पसल छ । उनीहरू साधारण परिवारका हुन् ।

    उक्त समूहले बडुवाललाई शुरुमा टीकापुरस्थित केराबारीमा पु¥याएको थियो । त्यहाँबाट ’खेट्दै–लखेट्दै होटल सिद्धार्थनजिक पु¥याएर हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार