काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुघाखोकी र उच्च रक्तचापका कारण अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या आएपछि बिहानैदेखि चिकित्सकहरुले उनलाई खुमलटारस्थित निवासमा निगरानीमा राखेका थिए।
चिकित्सकहरुले प्रचण्डको स्वास्थ्यमा रुघाखोकी र उच्च रक्तचाप देखिएपछि अस्पताल भर्ना गर्न सुझाएका थिए। लगत्तै उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो ।
Leave a Reply