Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रचण्डले निवासमा डाके पूर्व माओवादीका सबै मन्त्री

    प्रचण्डले निवासमा डाके पूर्व माओवादीका सबै मन्त्री

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडाैँ। सत्तारूढ दलका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास ललितपुरस्थित खुमलटार पूर्व माओवादीका सबै मन्त्रीलाई बाेलाएका छन्।

    आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरे लगत्तै प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई बाेलाएका हुन्।



    उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री बर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए। ‘सबै मन्त्रीहरुलाई प्रचण्डले निवासमा डाक्नु भएको छ’ स्रोतले भन्यो, ‘ केही ठुलै निर्णय हुन सक्छ।’



    माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार