Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • वडाध्यक्षमाथि पद दुरूपयाेगकाे आरोप, सदस्यले दिए राजीनामा

    वडाध्यक्षमाथि पद दुरूपयाेगकाे आरोप, सदस्यले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 10.6K
    SHARES

    प्यूठान । स्वर्गद्वारी नगरपालिका वडानम्बर ७ का एक वडा सदस्यले राजीनामा दिएका छन् । वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

    वडा अध्यक्षले पदको दुरुपयोग गर्दै विकास निर्माण लगायतका काम गर्दा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गरेकाले आफ्‍नो अस्तित्व र भूमिका नरहेको भन्दै राजीनामा दिएको बताएका छन् । उनी राष्ट्रिय जनमोर्चाबाट सदस्य पदमा निर्वाचित भएका थिए ।



    वडासदस्य घर्तीले वडामा राजनीनामा दिएको जानकारी पाएको मेयर नेत्रबहादुर रोकायाले बताए । राजीनामा पत्र पालिकामा आएपछि स्वीकृत गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुने रोकायाले बताए।



    वडा अध्यक्ष टेकबहादुर भट्टराईले वडा सदस्य घर्तीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन । वैशाख ५ गते घर्तीले दिएको राजीनामालाई बाहिर नल्याई निकास खोज्ने प्रयास गरीएको थियो । ८ गतेसम्म पनि निकास ननिस्केपछि घर्तीले राजीनामा दिएको पत्र सार्वजनिक भएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार